Rule 5
औषधि रोक्का राख्न सक्ने
(१) नियम ३ र ४ बमोजिम निरीक्षकले निरीक्षण, जाचबुझ वा खानतलासी गर्दा कुनै औषधि रोक्का राख्न आवश्यक देखेमा त्यस्तो औषधि सीलबन्दी गरी सम्बन्धित औषधि धनी वा निजको प्रतिनिधिको जिम्मा लगाई रोक्का राख्न सक्नेछ ।
(२) उपनियम (१) बमोजिम निरीक्षकले रोक्का राखेको औषधि औषधि धनी वा निजको प्रतिनिधिले आफ्नो जिम्मामा लिनु पर्नेछ र त्यसरी जिम्मा लिंदा औषधि धनी वा निजको प्रतिनिधिले त्यसको भरपाई गरी दोहरी एक प्रति निरीक्षकलाई दिनु पर्नेछ ।